Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विवाहको वर्षगाँठमा घुम्न जाँदा समुद्री तटबाट हराइन् श्रीमती, खोज्नमा एक करोड खर्च ; भेटिइन् प्रेमीसँग

विवाहको वर्षगाँठमा घुम्न जाँदा समुद्री तटबाट हराइन् श्रीमती, खोज्नमा एक करोड खर्च ; भेटिइन् प्रेमीसँग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७९ शनिवार • १०:३७:४६ बजे
  • 1.4K
    SHARES
  • विवाहको वर्षगाँठमा घुम्न जाँदा समुद्री तटबाट हराइन् श्रीमती, खोज्नमा एक करोड खर्च ; भेटिइन् प्रेमीसँग

    भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनमबाट एउटा अनौठो घटना बाहिरिएको छ । एक जोडी सोमबार विशाखापट्टनमको आरके बीचमा आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन गएका थिए । यसै क्रममा श्रीमती बेपत्ता भइन् । श्रीमानलाई लाग्यो उनी समुद्रमा डुबिन् । उनले श्रीमतीको शव खोजिरहे । तर पछि थाहा भयो कि उनी आन्ध्रकै नेल्लोरमा आफ्ना प्रेमीसँग छिन् ।

    images


    समुद्री तटबाट बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलाको शव दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो । यसका लागि नौसेनाको हेलिकप्टरको सहयोग पनि लिइएको थियो । यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले खोजी गरेका थिए । खोजी कार्यमा प्रशासनले करिब एक करोड भारु खर्च गरेको छ ।


    विवाहको दोस्रो वर्षगाँठ मनाउन गएको थियो जोडी

    २१ वर्षीया साइप्रिया विशाखापट्टनम निवासी हुन् । उनले दुई वर्षअघि श्रीकाकुलम निवासी श्रीनिवास रावसँग विवाह गरेकी थिइन् । सोमबार श्रीमान्(श्रीमती आफ्नो दोस्रो विवाह वार्षिकोत्सव मनाउन सिंहचलम मन्दिर गए र त्यसपछि समुद्र तटमा घुम्न गए ।

    सोमबार राति, दम्पती समुद्री तटमा पैदल यात्रा गर्दै थिए । यसै क्रममा श्रीमानको फोन आयो र श्रीमतीलाई छोडेर उनी अर्को ठाउँतिर लागे । त्यतिबेला श्रीमतीले फोनमा सेल्फी खिचिरहेकी थिइन् । केही मिनेटपछि श्रीमान् फर्किए तर श्रीमती भेटिइनन् । उनले श्रीमती समुद्रमा बगेको महसुस गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी अभियान सुरु भयो ।

    महिलाले नेल्लोरबाट आफ्ना आमाबुवालाई सन्देश पठाइन्

    ती महिला आफ्नो प्रेमीसँग आरके बीचबाट भागेर रेल चढेर नेल्लोरको कावली पुगिन् । भाग्नुअघि उनले आफ्नो सामाजिक सञ्जाल खाताहरू डिलिट गरेकी थिइन् र आफ्नो फोन पनि छोडेकी थिइन् ।  नेल्लोर पुगेपछि, उनले नयाँ सिम किनिन् र आफ्ना आमाबाबुलाई आफू सुरक्षित भएको र प्रेमी रविसँग भएको सन्देश पठाइन् ।

    उनले आफ्ना आमाबुवालाई भोइस मेसेज पठाएर आफूले रविसँग विवाह गरिसकेको र आफूलाई खोज्ने प्रयास नगर्न आग्रह गरेकी छिन् । उनको खोजी गर्न समस्या भोग्नुपरेको भन्दै उनले सरकारी अधिकारीसँग माफी पनि मागिन् । उनले आफ्ना अभिभावकसँग आफू भएको स्थानबारे पत्ता लगाउने कोसिस गरे आफ्नो ज्यान नै दिने चेतावनी पनि दिएकी छिन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology