Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७९ शनिवार • १२:०७:२४ बजे
  • 619
    SHARES
  • प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    यो साता सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातासम्ममा सुनको मूल्य १६ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो ।

    जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ छ ।

    यो साताको आइतबार तोलामा ४०० ले बढेको सुनको मूल्य साेमबार पुनः १०० रुपैयाँ बढेको थियो । यस्तै, मंगलबार ३०० र बुधबार २०० रुपैयाँ घटेको थियो ।

    यसका साथै, विहीबार ८०० रुपैयाँले र शुक्रबार ८०० रुपैयाँले बढेको थियो । यसैगरी, यो साता चाँदीको ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ थियो ।

    जुन, हिजो शुक्रबारसम्म आइपुग्दा १२ सय २० रुपैयाँ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology