Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसपीपी च्याप्टर क्लोज, भविष्यमा पनि गम्भीर बनौँ : विश्वप्रकाश शर्मा

एसपीपी च्याप्टर क्लोज, भविष्यमा पनि गम्भीर बनौँ : विश्वप्रकाश शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७९ शनिवार • १३:०८:१६ बजे
  • 916
    SHARES
  • एसपीपी च्याप्टर क्लोज, भविष्यमा पनि गम्भीर बनौँ : विश्वप्रकाश शर्मा

    । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भएको बताएका छन् ।

    images

    नेपाल सरकारले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएपछि ‘अब यो अध्याय अन्त्य भएको’ उनले बताउँदै भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माणमा गम्भीर हुन सबैलाई आग्रह गरेका छन् ।

    एसपीपीमा सहभागी नहुने नेपाल सरकारको पत्र अमेरिकाले प्राप्त गरेको र नेपालको निर्णयलाई स्वीकार गरेको समाचार आएपछि महामन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    शर्माले शनिबार ट्विट गर्दै लेखेका छन्, ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो । तर, भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं ।’

    उनले परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभएर देशलाई केन्द्रमा राखेर अगाडि बढ्न समेत आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology