नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संस्था, प्रेस सेन्टर नेपालमा पदाधिकारी चयन भएका छन् ।
सेन्टरको शनिबार सकिएको दोस्रो पूर्ण बैठकले पदाधिकारी चयन गरेको हो । सेन्टर अध्यक्षमा यसअघि नै विष्णु सापकोटा जुगल चयन भएका थिए तर पदाधिकारी चयनमा ढिलाइ भएको थियो । वरिष्ठ उपाध्यक्षमा कमल गिरी चयन भएका छन् । उपाध्यक्ष २० जना चयन भएका छन् ।
उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी, अजयदिप शर्मा, मनोज घर्तिमगर, ध्रुव बुढाथोकी, ओपेन्द्र शर्मा, विवेक गौतम, त्रिभुवन पौडेल, दयानिधी भट्ट, लक्ष्मण खड्का, निर्मल ज्ञवाली, सूर्यकिरण शर्मा, गोविन्द देवकोटा, रामसिं ठगुन्ना, विदुर खड्का, उपेश महर्जन, सुरेश यादव, रुबी श्रेष्ठ, गंगा बराल रहेका छन् ।
महासचिवमा सन्तोष पौडेल चयन हुँदा १० जना उपमहासचिव भए । उपमहासचिवमा रामकृष्ण अधिकारी, दिपेन्द्र शर्मा, वविन शर्मा, यनेन्द्र जिसी, दिपक श्रेष्ठ, केशवराज जोशी, राजेश चाम्लिङ, राजन केडी, हिरालाल चौधरी र मनिषा श्रेष्ठ चयन भए । यस्तै २७ जना सचिव पदमा चयन भएका छन् ।
सचिवमा बिमला लामिटाने, मिलन लिम्बू, सुनिल खड्का, राजु विक, बोमलाल गिरी, राजेन्द्र अवस्थी, माधव पनेरु, प्रल्हाद पोखरेल, गणेशकञ्चन भारती, शान्ता अधिकारी, दिपक भट्टराई, अर्जुन बोहोरा, स्मीता निरौला, मेनुका चौधरी, प्रयास लिम्बू, दिलबहादुर थोकर, अनिल मिश्र, शैलेश महतो, हरिश विक, प्रेम सुनार, सिरज खान, नविन रिजाल, निमेन्द्र शाही र सुरजकुमार सिंह रहेकबा छन् ।
कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएको प्रेस सेन्टरले जनाएको छ ।