Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छोरो नजन्माएको निहुँमा पत्नीलाई जिउँदै जलाउने मनोजलाई आजीवन कैद

छोरो नजन्माएको निहुँमा पत्नीलाई जिउँदै जलाउने मनोजलाई आजीवन कैद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७९ आइतवार • ०९:४१:१९ बजे
  • 622
    SHARES
  • छोरो नजन्माएको निहुँमा पत्नीलाई जिउँदै जलाउने मनोजलाई आजीवन कैद

    आफ्नी आमालाई जिउँदै जलाइएको ६ वर्षपछि एक किशोरीले न्याय माग गर्दै आफ्नै रगतले पत्र लेखेपछि अन्ततः अपराधीलाई कारागार पुर्‍याइएको छ ।

    images

    अहिले २१ वर्ष पुगेकी हत्याको प्रत्यक्षदर्शी लतिका वंशल र उनकी बहिनीको बयानअनुसार उनीहरूको आफ्नै पिता मनोज वंशललाई आजीवन कारावास सजाय दिइएको हो ।

    ती दुवै छोरीले आफ्नो पिताले आमालाई छोरो नजन्माएको निहुँमा सधैँजसो पिट्ने गरेको बयान दिएका छन् । तर, मनोजले आफूमाथि लगाइएको अभियोगहरू अस्वीकार गर्दै आफ्नी पत्नीले आत्महत्या गरेको बताएका छन् ।

    उत्तरी भारतीय राज्य उत्तर प्रदेशको वुलन्दसार शहरस्थित अदालतले मनोजलाई छोरो नजन्माएको भन्दै पत्नीको हत्या गरेको अभियोगमा दोषी करार गरेको हो ।

    छोरोले परिवारको बिँडो थाम्ने र बुढेसकालमा आमा बुबा पाल्ने तर छोरीहरू दाइजो लिएर आफ्नो पतिका घरमा जाने जस्ता अझैसम्म व्याप्त सामाजिक विचारधाराको कारण भारतमा छोरालाई बढी प्राथमिकता दिने गरिएको पाइन्छ ।

    जसको कारण भारतमा कोखमा छोरी रहेको थाहा पाएपछि वर्षेनी दशौँ लाखको संख्यामा गर्भपतनमार्फत भ्रुण हत्या हुने गरेको छ । मनोजले पनि आफ्नी पत्नी अनु वंशललाई पेटमा छोरी रहेको थाहा पाएपछि ६ पटकसम्म जबरजघस्ती गर्भपतन गराएको बुझिएको छ ।

    सन् २०१६ को १४ जुनको बिहान मनोजले परिवारका अन्य सदस्यको सहयोगमा अनुको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ । शरीरको ८० प्रतिशत भाग जलेका अनुको उपचार गर्ने क्रममा केही दिनपछि अस्पतालमै मृत्यु भएको थियो ।

    १५ र ११ वर्षको उमेरमा अनुका ती दुई छोरीले तत्कालीन मुख्यमन्त्री अखिलेश यादवलाई आफ्नै रगतबाट स्थानीय प्रहरीले हत्यालाई आत्महत्याको रूप दिएको भन्दै पत्र लेखेपछि यो मुद्दा चर्चामा आएको थियो । बीबीसीबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology