Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जनार्दनले आजै अर्थमन्त्रीको सपथ लिने

जनार्दनले आजै अर्थमन्त्रीको सपथ लिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७९ आइतवार • ११:४९:१३ बजे
  • 550
    SHARES
  • जनार्दनले आजै अर्थमन्त्रीको सपथ लिने

    नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् ।

    images

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन् । त्यसपछि उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिने एक नेताले बताए ।

    बजेट पेश गर्ने अघिल्लो दिन अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो ।

    अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिले निष्कर्ष निकालेपछि शर्मा पुनः मन्त्रालय फर्कन लागेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology