Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नामको मात्र कम्युनिष्टभन्दा कांग्रेस राम्रो : अध्यक्ष नेपाल

नामको मात्र कम्युनिष्टभन्दा कांग्रेस राम्रो : अध्यक्ष नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७९ आइतवार • ११:५०:२४ बजे
  • 1.0K
    SHARES
  • नामको मात्र कम्युनिष्टभन्दा कांग्रेस राम्रो : अध्यक्ष नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनको पछि लाग्दो पार्टीलाई घाटा लागेको बताएका छन् । उनले गठबन्धनमा अन्य दलहरूमा इमानदारिता नदेखिएको समेत बताए ।

    images

    एकीकृत समाजवादी डोटीले आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन । आफ्नै बलमा चुनाव लडेको भए एक सयभन्दा बढी पालिकामा जित हुने थियो ।’ अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने दावी गरे ।

    ‘स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेरमात्र हुँदैन’ उनले भने, ‘सबै बफादर हुनुपर्छ ।’ स्थानीय निर्वाचनमा अन्य दलहरु इमानदार नभएको उनको भनाइ छ ।

    पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष नेपालले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने पनि बताए । ‘चुनावी मोर्चा बन्न सक्छ, गठबन्धन हुन सक्छ तर अहिल्लै पार्टी एकता हुँदैन’ उनले भने । तर, वर्तमान सत्ता गठबन्धन अबको चुनावसम्म कायम राख्नुपर्ने उनको भनाइ छ ।

    ‘विचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य समाप्त भएको छैन’ अध्यक्ष नेपालले भने ‘हामीले गठबन्धनलाई कायम राख्न चाहेका छौं तर चुनावी तालमेलका लागि कसले कति लचकता अपनाउन सक्छन् भन्ने कुरामा गठबन्धन भर पर्छ ।’ उनले नेपालले नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको पनि बताए । उनले नाम मात्रको कम्युनिष्ट हुन नहुने बताए ।

    अध्यक्ष नेपालले भने, ‘केशरजंग राइमाझीको कम्युनिष्ट पार्टीले राजाको निरंकुशतालाई समर्थन ग¥यो । नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा आन्दोलन ग¥यो’ । नाम मात्रै कम्युनिष्ट पार्टी भएर हुँदैन, व्यवहारबाटै कम्युनिष्ट हुनुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # अध्यक्ष नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology