Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वाईसिएलको राष्ट्रिय भेला भदौ ३ र ४ मा

वाईसिएलको राष्ट्रिय भेला भदौ ३ र ४ मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७९ आइतवार • १७:५४:४४ बजे
  • 421
    SHARES
  • वाईसिएलको राष्ट्रिय भेला भदौ ३ र ४ मा

    नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले नयाँ नेतृत्व चयनका लागि दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ ।

    images

    वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीका अनुसार भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेला हुने भएको हाे । उक्त भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । भेलामा करिब ५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

    एक महिलासहित प्रत्येक जिल्लाबाट तीन जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् भने कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनित गर्नेछ ।

    गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेपछि सुमन देवकोटाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology