Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७९ सोमवार • १०:२३:०४ बजे
  • 655
    SHARES
  • विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेतालाई पक्राउ पुर्जी जारी भएको छ ।

    images

    ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।

    ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ । अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई छन् ।

    यस्तै विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरूद्धको अपराधसमेतको मुद्दामा विप्लव र प्रकाण्डलाई पत्र काटेको छ ।

    नेकपाको सैन्य विभागका इन्चार्ज उदयबहादुर चलाउनेलाई हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धि कसुरमा पक्राउ गर्न आदेश गरिएको छ। पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्डलाई आपराधिक लाभ र संगठित अपराधको आरोप छ। स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला,केन्द्रीय सदस्य उमा भुजेल र स्थायी समिति सदस्य सन्तोष बुढा मगर लगायतका नेताहरु विरुद्ध पक्राउ पुर्जि जारी भएको हो।

    उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश जारी गरिएको छ। जारी सूचनामा भनिएको छ, ‘उप्रान्त प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार र प्रतिवादी तपाईं समेत भएको तपसिलका मुद्दामा तपाईंका नाउँमा जारी भएका म्याद बेपत्ते तामेल भई आएको हुँदा यस अदालतको मिति २०७९/०४/०६ गतेको आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८९१३० बमोजिम यो ३५ (पैंतीस) दिने पक्राउ पुर्जी प्रकाशित गरिएको छ। 

    अतः यो सूचना प्रकाशित भएको मितिले यो ३५ (पैंतीस) दिनभित्र यस अदालतमा उपस्थित हनहोला। उपस्थित नभई बसेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुनेछ ।’ आपराधिक लाभ र संगठित अपराधको मुद्दामा भने धैरै व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएको थियो। विभिन्न ठाउँमा भएका घटनाहरुमा विप्लव समूहको संलग्नता रहेको भन्दै त्यतिबेला प्रतिबन्ध लगाइएको थियो। ओलीले नै विप्लव लगायतका नेताहरुसँग सहमति गरेर उक्त प्रतिबन्ध हटाएका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology