Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई बर्खास्त गर्ने तयारी

वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई बर्खास्त गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७९ सोमवार • १३:२४:५१ बजे
  • 490
    SHARES
  • वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई बर्खास्त गर्ने तयारी

     सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने भएको छ । अदालतको बलमा पुनः काममा फर्केका अधिकारीलाई आज बस्ने मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने भएको हो ।

    images

    पदीय जिम्मेवारी पूरा गर्न नसकेको, नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकूलको चारण प्रदर्शन गर्न नसकेको, गोपनियता भङ्ग गरेको र निगमलाई वित्तीय हानिनोक्सानी पुर्याएको ठहर गर्दै सरकारले कारवाही गर्ने तयारी गरेको हो ।

    संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीमाथि लागेको आरोपहरु छानविन गर्न गठन गरेको ‘जाँचबुझ समिति’को सिफारिसका आधारमा सरकारले अधिकारीलाई नेपाल वायुसेवा निगम एने, २०१९ को दफा ४ को उपदफा ३ र ४ बमोजिम बर्खास्त गर्न लागेको हो ।

     

    समितिले साउन ८ गते मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै पदीय जिम्मेवारी पूरा गर्न नसकेको, नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकूलको चारण प्रदर्शन गर्न नसकेको, गोपनियता भङ्ग गरेको र निगमलाई वित्तीय हानिनोक्सानी पुर्याएको ठहर गर्दै अधिकारीलाई बर्खास्त गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो ।

    समितिले प्रतिवेदनमार्फत पर्यटन मन्त्रालयलाई तीन दिन भित्र अधिकारीलाई सफाइ पेस गर्न सूचित गर्न भनेको थियो । सोही अनुसार पर्यटनले कार्यकारी अध्यक्ष अधिकारीलाई सफाइ पेस गर्न सुचित गरेको थियो । तर, अधिकारीले पेस गरेको सफाइ चित्तबुझ्दो नरहेको भन्दै सरकार बर्खास्त गर्ने निर्णयमा पुगेको हो ।

    सरकाले यसअघि अधिकारीलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गर्दै जाँचबुझ समिति गठन गरेको थियो । सरकारको निर्णयविरुद्ध अधिकारी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले अधिकारीलाई काममा फर्कन अन्तरकालीन आदेश दिएको थियो । त्यसपछि उनी काममा र्फेकका हुन् ।

    अधिकारीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको सरकारले जाँचबुझ समिति गठन गरेको थियो । अधिकारीलाई काममा फर्कन आदेश दिएको सर्वोच्चले बाँचबुझ समितिलाई भने काम अघि बढाउन भनेको थियो । समितिले अधिकारीबारे विभिन्न १० विषयमा छानविन गरेको थियो ।

    अधिकारीमाथि भएका छानविनका विषयहरु–
    १. नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवजराज अधिकारीले कानुनी आधार र औचित्य बिना ट्वीनेटर जिमान भाडामा दिएको ।
    २. निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्याएको ।
    ३. सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी आफै संलग्न भइ व्यक्तिगत फाइदा लिएको देखिएको ।
    ४. निगमका पदाधिकारी र कर्मचारीहरुलाई अनुशासनमा राख्न नसकेको ।
    ५. सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरुलाई समेटी बैठक सञ्चालन गर्न नसकेको ।
    ६. निगमको प्रभावकारीताको लागि रणनीतिक योजना बनाइ कार्यान्वयन गर्न नसकेको ।
    ७. निगमको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन नसकेको ।
    ८. सार्वजनिक पद धारणा गरेको पदाधिकारीमा हुनुपर्ने नैतिक चरित्र नदेखिएको, पद अनुसारको आचारण प्रदर्शन गर्न नसकेको ।
    ९. पदीय कर्तव्य पूरा गर्न नसकेको, कार्य क्षमताको अभाव देखिएको ।
    १०. कार्यकारी अध्यक्षको यस्तो क्रियाकलापबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology