Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसविरुद्ध खाेप बनाएको भन्दै चिनियाँ राष्ट्रपति जिनपिङले चार जनालाई दिए उच्च सम्मान

कोरोना भाइरसविरुद्ध खाेप बनाएको भन्दै चिनियाँ राष्ट्रपति जिनपिङले चार जनालाई दिए उच्च सम्मान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • २२:५२:०७ बजे
  • 1.9K
    SHARES
  • कोरोना भाइरसविरुद्ध खाेप बनाएको भन्दै  चिनियाँ राष्ट्रपति जिनपिङले चार  जनालाई दिए उच्च सम्मान

    एजेन्सी । चीनका राष्ट्रपति सि जिनपिङले देशका चार जना व्यक्तिलाई उच्च सम्मान दिएका छन् । उनीहरुलाई देशका लागि कोरोनाविरुद्ध लडेको र कोरोना भाइरसविरुद्ध खाेप बनाएको भन्दै उच्च सम्मान दिइएको हो ।

    images
     

    चीनमा उनीहरुलाई हिरोको दर्जा दिइएको छ । झोङ्ग नानशान, झाङ्ग बोली, झाँङ्ग डिङ्ग्यु र चेन वीलाई सम्मान गरिएको हो । चिनियाँ राष्ट्रपति जिनपिङले उनीहरु चारै जनालाई देशको तर्फबाट भन्यवाद दिँदै उनीहरुका कारण देशको नाम चम्किएको बताएका चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    राष्ट्रपति जिनपिङले चीनको सबैभन्दा उच्च सम्मान मेडल अफ रिपब्लिक श्वास सम्बन्धी रोगका प्रसिद्ध डाक्टर झोङ्ग नानशानलाई दिए । यो सम्मान पहिलोपटक गतवर्ष नागरिकलाई दिइएको थियो । डा. नानशान चाइनिज एकेडेमी अफ इन्जिनियरिङका सदस्य हुन् ।

     

    मिलिट्री मेडिकल एक्पर्ट तथा आर्मी जनरल चेन वीलाई कोभिड १९ को भ्याक्सिन बनाएकोमा सम्मान दिइएको छ । उनी वुहानस्थित प्रयोगशालामा लकडाउन अवधिभर कार्यरत रहेकी थिइन् । उनी चीनको जैनिक हतियारवाला सबै सोधमा सामेल हुँदै आएकी छन् ।

     

    यस्तै झाङ्ग बोलीलाई पनि सम्मा गरिएको छ । उनी पारम्परिक चिनियाँ औषधि विज्ञ हुन् । उनले कोरोना भाइरसको स्थानीय तरिकाबाट औषधि बनाएका थिए ।

     

    अर्का सम्मानित व्यक्ति हुन् । वुहानको संक्रामक रोग अस्पतालका निर्देशक झाङ्ग डिङ्ग्यु । उनलाई वुहानमा कोरोना भाइरससँग लडेकाले सम्मान गरिएको हो । उनको नेतृत्वमा वुहानमा कोरोना नियन्त्रण भएको थियो ।

     

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology