Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अल जवाहिरी मारिए

अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अल जवाहिरी मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७९ मंगलवार • ११:५६:४७ बजे
  • 595
    SHARES
  • अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अल जवाहिरी मारिए

    न्युयोर्क । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा अल कायदा नेता अयमान अल जवाहिरी मारिएको छ । अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

    images

    अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले उक्त घटना स्वागतयोग्य रहेको बताएका छन् । ओबामाले यो हत्या अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादसँग लड्न सम्भव छ भन्ने प्रमाण रहेको बताए ।

    २० वर्षभन्दा पछि, त्यो आतंकवादी हमलाका एक मास्टरमाइन्ड र अल कायदा नेताका रूपमा ओसामा बिन लादेनको उत्तराधिकारी – अयमान अल–जवाहिरीलाई – अन्ततः न्यायको कठघरमा ल्याइयो’, ओबामाले भने ।

    जवाहिरी मारिएपछि ओबामाले राष्ट्रपति बाइडेन प्रशासन र दशकौंदेखि काम गरिरहेका खुफिया समुदायका सदस्यहरूको प्रशंसा समेत गरेका छन् । इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए ।

    उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।

    सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology