Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताइवानको संसदमा पेलोसीको सम्बोधन

ताइवानको संसदमा पेलोसीको सम्बोधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • ११:४६:३२ बजे
  • 640
    SHARES
  • ताइवानको संसदमा पेलोसीको सम्बोधन

    अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेकी छिन् । बुधबार संसदमा सम्बोधनका क्रममा उनले आफूले अमेरिका र ताइवानबीच संसदीय आदानप्रदान बढाउन चाहेको उल्लेख गरेकी छिन् ।

    images

    पेलोसीले ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमध्येको एक रहेको उल्लेख गरेकी छिन् । पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने उल्लेख गरेकी छिन् ।

    यसैबीच चीनको विदेश मन्त्रालयले पेलोसीले ताइवान भ्रमणबाट जवाफ माग्दै अमेरिकी राजदूत नेकोलास बन्र्सलाई बोलाएको छ ।

    चिनियाँ उप विदेशमन्त्री सिए फेङले पेलोसीको भ्रमणलाई अनैतिक भ्रमणको संज्ञा दिँदै यो भ्रमणले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले चीन त्यतिकै चुप लागेर नबस्ने स्पष्ट पारेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology