Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ताइवान मुद्धामा नेपालले चीनको समर्थन गर्नेमा विश्वास छ : चिनियाँ राजदूत यान्छी

ताइवान मुद्धामा नेपालले चीनको समर्थन गर्नेमा विश्वास छ : चिनियाँ राजदूत यान्छी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • १३:४२:५१ बजे
  • 391
    SHARES
  • ताइवान मुद्धामा नेपालले चीनको समर्थन गर्नेमा विश्वास छ : चिनियाँ राजदूत यान्छी

    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ‘नेपाल एक चीन नीति’प्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिनेमा विश्वास व्यक्त गरेकी छन् । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान टिप्पणी गर्दै राजदूत यान्छीले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेको भन्दै उक्त विश्वास व्यक्त गरेकी हुन् ।

    images

    राजदूत यान्छीले भनेकी छन्, ‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ । यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’ उनले चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र साझेदार रहेको पनि उल्लेख गरेकी छन् ।

    ‘दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन ।’ उनले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर नेपालले समर्थन गर्ने विश्वास व्यक्त गर्दै भनेकी छन्, ‘हामी विश्वास गछौंँ कि नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन् ।’

    उनले चीन नेपाल एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको मिलेर रक्षा गर्ने समेत बताएकी छन् । पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्त र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लंघन भएको यान्छीको भनाइ छ । उनले भनेकी छन्, ‘यो भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लंघन गर्दछ ।

    चीनले यसको दृढतापूर्वक विरोध र कडा निन्दा गर्दछ ।’ यसैबीच चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बन्र्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन् ।

    उनले यस विषयमा चीन चुप नबस्ने पनि बताएका छन् । मंगलबार ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्मा पुगेकी छिन् । उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ ।

    अमेरिकी संसदको तल्लो सदनकी सभामुख पलोसी मंगलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # चिनियाँ राजदूत यान्छी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology