Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रेमीकी श्रीमतीलाई सात करोड क्षतीपूर्ति दिन अदालतको आदेश

प्रेमीकी श्रीमतीलाई सात करोड क्षतीपूर्ति दिन अदालतको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • १३:४७:१९ बजे
  • 799
    SHARES
  • प्रेमीकी श्रीमतीलाई सात करोड क्षतीपूर्ति दिन अदालतको आदेश

    एक युवतीलाई प्रेमीकी श्रीमतीलाई लगभग सात करोड रुपैया दिन चिनियाँ अदालतले आदेश दिएको छ । उनीहरुको सम्बन्ध कानुनको नजरमा वैधानिक नभएको बताउँदै ती युवतीलाई ३.७९ मिलियन युआन (५६०,००० डलर) क्षतीपूर्ति स्वरुप प्रेमीकी श्रीमतीलाई दिन भनिएको हो ।

    images

    हालै चीनकी एक महिलाले आफ्ना श्रीमानकी प्रेमिकालाई सम्बन्ध रहँदाका बेला दिएका सबै भौतिक सम्पत्ति फिर्ता गरिदिन भन्दै मुद्दा हालेकी छिन् ।

    अदालतले महिलाको पक्षमा फैसला सुनाउँदै प्रेमिकालाई श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको छ । अडिटी सेन्ट्रलका अनुसार उत्तरपूर्वी चीनको लिओनिङस्थित भुआङहेको जन अदालतले जारी गरेको कागजात अनुसार वादी, ली उपनामकी महिला र उनका श्रीमान् वाङ सन् १९९१ देखि वैवाहिक सम्बन्धमा थिए ।

    सन् २००८ मा वाङले अर्की महिलासँग विवाहेत्तर सम्बन्ध सुरु गरे । ती महिलाको पहिचान लुकाइएको छ र उनलाई जियाओजिया आई नाम दिइएको छ । केही वर्ष अघि लीले आफ्ना श्रीमानको बाहिरको सम्बन्धबारे थाहा पाएपछि उनले ती महिलालाई नियमित रुपमा पैसा पठाउँदै आएको थाहा पाइन् ।

    जियाओजियाले वाङ विवाहित भएको थाहा नभएको र वर्षौँदेखि वाङबाट प्राप्त रकम बाल समर्थनमा गएको तर्क पेश गरिन् । तर अदालतले उक्त मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको बताउँदै श्रीमतीको समर्थन गर्यो । चिनियाँ कानुनले विवाहित जोडीमध्ये कुनै एक पक्षले अर्काको सहमतिबिना साझा सम्पत्ति खर्च गर्न नपाउने बताउँछ ।

    लीले वाङको उपहारका लागि आफ्नो स्वीकृति नदिएको बताउँदै जियाओजियाले कूल ३.७९ मिलियन युआन प्रेमीकी श्रीमतीलाई फिर्ता गर्नुपर्ने बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology