Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मंसिर चार गेत चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

मंसिर चार गेत चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • १८:२१:४४ बजे
  • 640
    SHARES
  • मंसिर चार गेत चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

    संघीय तथा प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको हो । स्रोतका अनुसार अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ ।

    निर्वाचन आयोगले आगामी चार मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।

    बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धन सहमत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology