Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एलन मस्क लगातार दोस्रो पटक बने संसारकै सबैभन्दा धनी व्यक्ति

एलन मस्क लगातार दोस्रो पटक बने संसारकै सबैभन्दा धनी व्यक्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७९ बिहिवार • १०:१८:४२ बजे
  • 799
    SHARES
  • एलन मस्क लगातार दोस्रो पटक बने संसारकै सबैभन्दा धनी व्यक्ति

    एजेन्सी। टेस्लाका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीमा लगातार दास्रो पटक पहिलो नम्बरमा परेका छन् ।

    images

    एक सर्वेक्षण अनुसार उनको हाल २७८.४ विलियन अमेरिकी डलर सम्पति हुँदा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

    उनको यो सम्पति एशियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीको भन्दा दोब्बर हो । गौतम अडानीको नेटवर्थ १३०.४ विलियन मात्रै रहेको छ । गत वर्ष एलनको सम्पति १८५ बिलियन अमेरिकी डलर भन्दा बढी रहेको सर्वेक्षणले देखाएको थियो ।

    २०२१ मा अमेजनका संस्थापकसमेत रहेका जेफ बेजोसलाई उछिन्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका उनी २०२२ मा आइपुग्दा पनि पहिलो स्थानमै कायम भएका हुन् । बेजोस भने सन् २०१७ देखि लगातार धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए । तर गत वर्ष एलनले जोसेफको एकछत्र राजलाई ब्रेक गरिदिएका थिए ।

    १९७१ जुन २८ मा दक्षिण अफ्रिामा जन्मिएका एलोन क्यानडा र अमेरिकामा प्रमुख रुपमा व्यवसाय गर्छन् । उनको कम्पनी टेस्लाले बिशेषत विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादन गर्दछ ।

    यस कम्पनीको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। एलोनसहितका ३ जनाले सन् २००३ मा यसको स्थापना गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology