Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताइवान नजिकै चीनको सैन्य अभ्यास, २७ चिनियाँ लडाकु विमान ताइवान प्रवेश

ताइवान नजिकै चीनको सैन्य अभ्यास, २७ चिनियाँ लडाकु विमान ताइवान प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७९ बिहिवार • १०:२०:१८ बजे
  • 829
    SHARES
  • ताइवान नजिकै चीनको सैन्य अभ्यास, २७ चिनियाँ लडाकु विमान ताइवान प्रवेश

    एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किए लगत्तै चीनले ताइवानको सीमाना वरपर सैन्य अभियान शुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान शुरु गरेको जानकारी दिएका छन् ।

    images

    उनले लेखेका छन्, ‘पीएलएले ताइवान नजिकै एक संयुक्त सैन्य अभ्यास शुरु गरेको हो । चीनले आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्छ ।’

    चीनले ताइवानको सीमाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

    यसैबीच ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ । जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास जायज नभएको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ ।

    अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप चीनले सैन्य अभ्यास घोषणा गरेको हो । छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख पेलोसी फर्किसकेकी छन् ।

    २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ ।

    चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    ताइवानका राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा उनले वर्तमान विश्वले लोकतन्त्र र निरंकुशतामध्ये एउटालाई रोज्नु पर्ने परिस्थितिको सामना गरिरहेको समेत बताएकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology