Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७९ बिहिवार • १६:१४:४१ बजे
  • 790
    SHARES
  • वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

    आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

    images

    कार्यकारी अधिकारीले पदीय जिम्मेवारी पूरा गर्न नसकेको, नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकूलको आचरण प्रदर्शन गर्न नसकेको, गोपनीयता भंग गरेको र निगमलाई वित्तिय हानीनोक्सानी पुर्याएकाले नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा ३ र ४ बमोजिम अधिकारीलाई पदबाट हटाइएको हो ।

    अधिकारीमाथि भ्रष्टाचारको आरोपमा पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजत्वमा छानविन समिति गठन भएको थियो । उक्त समितिले मन्त्रिपरिषदलाई प्रतिवेदन बुझाएको छ ।

    अख्तियार दुरुपयोग आयोगले पनि अधिकारीमाथि अनुसन्धान जारी राखेको निगम स्रोतले दृष्टिलाई बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology