Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताइवानमा चीनले प्रहार गर्‍यो ११ वटा क्षेप्यास्त्र, जापानको आपत्ति

ताइवानमा चीनले प्रहार गर्‍यो ११ वटा क्षेप्यास्त्र, जापानको आपत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७९ शुक्रवार • १०:०९:४१ बजे
  • 646
    SHARES
  • ताइवानमा चीनले प्रहार गर्‍यो ११ वटा क्षेप्यास्त्र, जापानको आपत्ति

    एजेन्सी । अहिलेसम्म चीनले ११ वटा क्षेप्यास्त्र आफ्नो भूमीमा प्रहार गरेको ताइवानले जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेलगत्तै त्यसको प्रतिक्रियामा चीनले क्षेप्यास्त्रहरू प्रहार गरेको हो ।

    images

    चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ । रोएटर्स रिपोर्टका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् ।

    स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइलभित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ । चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ ।

    जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए । चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ ।

    चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बताएका थिए ।

    अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले चीनको चिनियाँ सशस्त्र सेनाले ‘जे भन्छ त्यो पूरा गर्ने’ बताएको छ ।

  • सम्बन्धित विषय:

  • # जापानको आपत्ति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology