Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताइवानी सिमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउ:अमेरिका

ताइवानी सिमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउ:अमेरिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७९ शुक्रवार • १०:१२:१७ बजे
  • 655
    SHARES
  • ताइवानी सिमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउ:अमेरिका

    अमेरिकाले चीनलाई ताइवानको सीमानामा तनाव बढाएर संकट ननिम्त्याउन चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनको गतिविधि नरोकिए आगामी दिनमा संकट हुने बताएका हुन् ।

    images

    एन्टोनी ब्लिङ्कनले चीनले ताइवानीमा क्षेप्यास्त्र प्रहार गरेपछि आगामी दिनका लागि तनाव नबढाउन चेतावनी दिएको हो । उनले चीनलाई ताइवानी सीमामा भइरहेको सैन्य अभ्यास तत्काल रोक्न र अबका दिनलाई सहज बनाउन भनेको समाचार एजेन्सीहरुले बताएका छन् । ‘चीनको यस गतिविधिले चीन तथा यस क्षेत्रका कसैको पनि हित हुनेछैन ।

    साथै अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको दोहोर्याउदछ,’ बिदेशमन्त्री एन्टोली ब्लिङ्कनले भने । त्यस्तै अमेरिकी रक्षा मन्त्रालयले पनि चीनसँग तनाव बढाउने पक्षमा नरहेको उल्लेख गरेको छ ।

    उता चीनले भने पछिल्लो परिस्थितिका लागि अमेरिका दोषी रहेको भन्दै सैन्य गतिविधि आवश्यक भएको निष्कर्ष निकालेको छ । चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले ताइवानमा क्षेप्यास्त्र प्रहार गरेको हो ।

    बिहीबार देखि नै चीनले ताइवान आसपासको जल तथा उडान क्षेत्रमा युद्ध अभ्यास गरिरहेको छ । यो अभ्यास सोमवारसम्म चल्ने निनियाँ पक्षले जनाएको छ । चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । यो सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।

    दक्षिणपूर्वी एसियाली देशहरुको समूह (आसियान)ले एक विज्ञप्ति निकालेर चीन र अमेरिका दुवैलाई अधिकतम संयमता देखाउन आग्रह समेत गरेको छ। चीनले आसियन मुलुकहरु तथा दक्षिणपूर्वी एसियाली देशहरुसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ताइवानी सिमानामा तनाव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology