Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिट बाँडफाँडका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँडका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७९ शुक्रवार • १०:२४:०५ बजे
  • 904
    SHARES
  • सिट बाँडफाँडका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    आगामी निर्वाचनमा भागबण्डा मिलाउनका लागि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहीबार सरकारले आगामी मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरिसकेको छ ।

    images

    उक्त घोषणासँगै सत्ता गठबन्धनमा सिट बाँडफाँडको लागि बैठक बस्ने भएको हो । काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विहान सिट बाँडफाँडका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार अहिले बिहान ९ः३० बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।

    बैठकमा गठबन्धन भित्रका दलहरुबीच सिट बाँडफाँडका मापदण्डबारे छलफल हुनेछ । सम्बवत सिट बाँडफफाँडका लागि कार्यदल बन्ने छ । र, सोही कार्यदलले सिट बाँडफाँडको विषय टुंगो लगाउने छ ।

    यसअघि स्थानीय तहको निर्वाचनमा पनि काँग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक भागबण्डाको मोडेल तयार गरेको थियो । यद्यपि उक्त मोडेल अनुसारको नतिजा भने गठबन्धनले प्राप्त गर्न नसकेको टिप्पणीहरु भइरहेका छन् ।

    यसअघि बुधबारको सत्ता गठबन्धनको बैठकमा पनि कार्यदल बनाएर सिट बाँडफाँडको विषय टुंग्याउने बारे सामान्य चर्चा चलेको थियो । गठबन्धनमा नेपाली का‌ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । संविधान अनुसार नेपालको प्रतिनिधिसभा १६५ र प्रदेश सभामा ३३० सांसद चुनिने छन् ।

    सत्ता गठबन्धनले उक्त सिटलाई नै आधार मानेर भागबण्डा गर्नुपर्ने छ । यद्यपि गठबन्धन भित्र सबै क्षेत्रमा गठबन्धन गर्ने वा आंशिक क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे टुंगो लागेको छैन ।

  • सम्बन्धित विषय:

  • # गठबन्धनको बैठक बस्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology