Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बहुमत ल्याउनेमा हामी ढुक्क छौं, अरुले बहुमत ल्याउन सक्दैनन् : ओली

बहुमत ल्याउनेमा हामी ढुक्क छौं, अरुले बहुमत ल्याउन सक्दैनन् : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७९ शुक्रवार • १४:०६:४४ बजे
  • 709
    SHARES
  • बहुमत ल्याउनेमा हामी ढुक्क छौं, अरुले बहुमत ल्याउन सक्दैनन् :  ओली

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत आफूतिर पार्ने महासंग्राममा होमीन सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन् ।

    images

    'अबको मुख्य केन्द्र निर्वाचन हो । यो निर्वाचन एउटा मौका हो । यो हाम्रा निम्ति बहुतै चुनौतीपूर्ण छ । देशको आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो,'उनले भने,' राष्ट्रिय आकांक्षा प्राप्त गर्ने गन्तव्य बनाएर अघि बढाउनुपर्नेछ ।' अध्यक्ष ओलीले राज्य लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए।

    ओलीले भने, 'उपयुक्त सरकार बनाउनुपर्छ । त्यसले मात्रै देश आधुनिकीकरणतर्फ उन्मुख हुन्छ । बहुसंख्यक जनताको साथ र समर्थक पाउनुपर्छ । कम्तिमा हामीलाई दुई तिहाइ बहुमत चाहिने हो । तर सम्भावना कम छ।'

    उनले एमालेलाई दुइ तिहाई बहुमत आवश्यक रहेको बताए। 'अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । इमान्दार प्रयासलाई अघि बढायौं भने बहुमत प्राप्त गर्न सक्छौं ।

    हामीले केन्द्र र प्रदेश सरकारमा बहुमत प्राप्त गर्नुपर्छ । मुख्य कुरा केन्द्रमा आफ्ठेरो नपर्ने गरि बहुमतको सरकार गठन गर्न आवश्यक छ ,'उनले भने।

    एमालेका लागि त केही छैन । ५ वर्ष प्रतिपक्षमा बस्छ । त्यहीँबाट सुशासनको पक्षमा आवाज उठाउँछ । तर एमालेले हार्दा देश हार्छ,’ ओलीले भने, ‘देशले जित्नका लागि पनि एमालेले जित्नुपर्छ । एक वर्षमै गठबन्धनले देशलाई यो अवस्थामा पुर्याएको छ । ५ वर्षमा देशका विरुद्ध यीनिहरुले जस्तोसुकै कुकर्म गर्छन् । त्यसैले पनि एमालेले यो निर्वाचन जित्नुपर्छ ।’

    गठबन्धनले गलत उद्देश्यका लागि लुटपाट मच्चाएको ओलीको आरोप छ ।

  • सम्बन्धित विषय:

  • # बहुमत ल्याउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology