Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता,प्रत्यक्षतर्फ माओवादी केन्द्र ४०, नेकपा एस र जसपाले १०र१५

सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता,प्रत्यक्षतर्फ माओवादी केन्द्र ४०, नेकपा एस र जसपाले १०र१५

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १०:२२:५९ बजे
  • 1.0K
    SHARES
  • सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता,प्रत्यक्षतर्फ माओवादी केन्द्र ४०, नेकपा एस र जसपाले १०र१५

    सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ।

    images

    स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्ने पक्षमा काँग्रेस देखिन्छ। त्यसअनुसार ७६ निर्वाचन क्षेत्रमा काँग्रेसले सबैभन्दा बढी मत पाएको छ।

    ती निर्वाचन क्षेत्र काँग्रेसले आगामी निर्वाचनमा नछाड्ने पक्षमा रहेको जानकारी दिँदै एक नेताले एमालेले सबैभन्दा धेरै मत पाएको प्रतिनिधिसभाको ७१ निर्वाचन क्षेत्रका विषयमा कार्यदलले बढी काम गर्ने दाबी गरे ।

    त्यसरी अघि बढ्दा प्रत्यक्षतर्फ माओवादी केन्द्र करिब ४०, नेकपा एस र जसपाले १०र१५ क्षेत्र प्रत्यक्षतर्फ पाउने नेताहरूको बुझाइ छ। तर, माओवादी केन्द्र काँग्रेसलाई प्रतिनिधिसभामा बहुमत ल्याउनबाट रोक्दै वामपन्थी दलहरूमध्येको सबैभन्दा ठुलो दलका रूपमा आगामी निर्वाचनबाट स्थापित हुने रणनीतिमा छ।

    त्यसका लागि काँग्रेसलाई ८५ देखि ९० निर्वाचन क्षेत्रमा समेट्ने रणनीतिमा माओवादी देखिएको छ। त्यसका लागि सत्ता गठबन्धनबाहिरका विभिन्न वामपन्थी समूहलाई समेटेर छुट्टै मोर्चा बनाउने गृहकार्यमा माओवादी जुटेको छ।

    आजको नागरिक दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology