Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सिञ्जो आवेको नेपाल भ्रमण बेला भएको भेटबारे आफ्नो भनाई प्रचण्डले सच्याए

सिञ्जो आवेको नेपाल भ्रमण बेला भएको भेटबारे आफ्नो भनाई प्रचण्डले सच्याए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १४:३१:३३ बजे
  • 1.0K
    SHARES
  • सिञ्जो आवेको नेपाल भ्रमण बेला भएको भेटबारे आफ्नो भनाई प्रचण्डले सच्याए

    जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको नेपाल भ्रमणमा बेला भएको भेटबारे आफ्नो भनाई सच्याएका छन् ।

    images

    जापानको फुकुवकामा भईरहेको नेपाल फेस्टिभल कार्यक्रममा संवोधन गर्दै उनले सिञ्जो आवेसँग विभिन्न माध्यमबाट अनौपचारिक वार्ता हुने गरेको र जापान आएका बेला प्रत्यक्ष भेटेर कुरा गर्नका लागि जापानी दुतावास मार्फत प्रयास गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले भने–‘मेरो जापानमा आइ छाड्ने निर्णय भएको थियो एकदुई महिना अगाडि ।

    त्यतिबेला जापानका प्रधानमन्त्री या पूर्व प्रधानमन्त्री आवेसँग विभिन्न प्रकारले भएका सम्पर्कमा कुराकानी हुने गरेको थिए । उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग फेरि एकचोटी प्रत्यक्ष भेटेर कुरा गर्ने जापानी राजदूतावासमार्फत पुर्याएको पनि थिएँ । तर दुर्भाग्य यही बीचमा उहाँको दुःखद अवसान भयो ।’

    यसअघि उनले जापानको नारिता विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आबेको नेपाल भ्रमणका बेला दुई तीनपटक कुरा भएको बताएका थिए । तर आवे नेपाल भ्रमणमा नआएको तथ्य खुलेको थियो । नारिता विमानस्थलमा उनले भनेका थिए–‘पूर्वप्रधानमन्त्री आबेलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ ।

    जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्व प्रधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तीन पटक कुराकानी भएको थियो र असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टक्र्यासन राम्रो भएको थियो । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धको अर्को उचाईमा लाने भन्ने मेरो इच्छा थियो तर भएन ।’

    जापानबाट तत्कालीन राजा वीरेन्द्र शाह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा सन् २००० मा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए ।

    त्यसपछि जापानका दुई परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका थिए । गत महिना जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको गाली हानेर हत्या भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology