Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सजिलो बाटो जो पनि हिँड्छ, असजिलोमा हिँड्ने हिम्मत गर्नुपर्छ : भट्टराई

सजिलो बाटो जो पनि हिँड्छ, असजिलोमा हिँड्ने हिम्मत गर्नुपर्छ : भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १५:०१:०८ बजे
  • 940
    SHARES
  • सजिलो बाटो जो पनि हिँड्छ, असजिलोमा हिँड्ने हिम्मत गर्नुपर्छ : भट्टराई

    जसपा छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा आफूहरुले दुई÷तीनवटा प्रयोग गरेर पनि परिणाम दिन नसकेको बताए ।

    images

    नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने बताए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबट गुज्रेर मात्र पुष्टि हुन्छ । दुई÷तीनवटा प्रयोग त हामीले ग¥यौं, तर त्यसले मात्र हामीले खोजेको जस्तो परिणाम दिइराखेको छैन ।’

    उनले नेपाली समाजको जटिलता, जटिल भू–राजनीति रहेको भन्दै त्यसमा धेरै परीक्षणबाट गुज्रिनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘त्यही अनुभूति गरेर हामीले यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका छौं ।’

    डा. भट्टराईले भने, ‘हामीले एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका छौं । नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ । तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी काम गर्न सकिन्छ ।’

    उनले सजिलो बाटो जो पनि हिँड्न सक्ने भन्दै समस्या समाधानका लागि अप्ठेरो बाटो हिँड्नुपर्ने बताए । उनले भने, ‘सजिलो बाटो त जो पनि हिँड्छ । समस्याहरुको समाधानका लागि असजिलो बाटो हिँड्ने हिम्मत र साहस गर्नुपर्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology