Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

हर्क साम्पाङको श्रम अभियानमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य किरातीको ऐक्यबद्धता

हर्क साम्पाङको श्रम अभियानमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य किरातीको ऐक्यबद्धता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १९:३०:०९ बजे
  • 1.0K
    SHARES
  • हर्क साम्पाङको श्रम अभियानमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य किरातीको ऐक्यबद्धता

    नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

    images

    सांसद किरातीले शनिबार धरानको सरदु जलाधार क्षेत्रमा भएको वृक्षारोपणमा भौतिक सहभागिता जनाएर ऐक्यबद्धता व्यक्त गरेका हुुन् । शनिबार बिहानै जलाधार क्षेत्रमा पुगेर उनले वृक्षारोपण समेत गरे ।

    अभियानमा ऐक्यबद्धता जनाउँदै उनले भने, ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकाले देखाएको श्रम अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दछु ।’

    उनले राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न पनि आग्रह गरे । उनले भने, ‘पहिले यस्तो श्रम माओवादीहरूले गर्ने गर्थे, तर अहिले अरुको संगतले बिग्रियौँ ।’

    किरातीले ‘जनतासँग सांसद’ कार्यक्रमअन्तर्गत हरेक महिना गृहजिल्लामा नागरिकसँग संवाद गर्दै र उनीहरुको खेत–बारीमा श्रमसमेत गर्दै आएका छन् ।

    सांसद किराती आफ्नो अभियानमा सहभागी हुन आइपुगेकोमा खुसी व्यक्त गर्दै मेयर हर्क साम्पाङले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नो अभियानमा सरिक हुन निम्तो पठाएका छन् । ‘सांसदज्यू त आइदिनुभयो ।

    अब प्रचण्डलाई पनि निम्तो भनिदिनुपर्यो’ मेयर साम्पाङले सांसद किरातीलाई भने । किरातीले मेयर हर्क साम्पाङलाई सुझावसमेत दिए ।

    श्रम अभियानलाई नरोक्न तथा निरन्तरता दिन, राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन र हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले साम्पाङलाई सुझाव दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology