Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेपाल समाजवादी पार्टीमा बाबुराम र महेन्द्र अध्यक्ष

नेपाल समाजवादी पार्टीमा बाबुराम र महेन्द्र अध्यक्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १९:३३:१९ बजे
  • 826
    SHARES
  • नेपाल समाजवादी पार्टीमा बाबुराम र महेन्द्र अध्यक्ष

    नेपाल समाजवादी पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन गर्ने निर्णय गरको छ ।

    images

    त्यस्तै, पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली रहेको छ ।

    बैठकले पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ। महासचिवमा भने रमेश यादवलाई चयन भएका छन् ।

    बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ ।

    बैठकले प्रदेश इन्चार्जसमेत तोकेको छ ।

    प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ चयन भएको एक नेताले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology