Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेले चोलेन्द्रलाई बचाउन खोज्यो : माओवादी

एमालेले चोलेन्द्रलाई बचाउन खोज्यो : माओवादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७९ आइतवार • १६:५५:४९ बजे
  • 529
    SHARES
  • एमालेले चोलेन्द्रलाई बचाउन खोज्यो : माओवादी

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगका सम्बन्धमा प्रष्ट नबोलेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेमाथि प्रश्न उठाएको छ ।

    images

    आज बसेको प्रतिनिधि सभा बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद हरिबोल गजुरेलले एमालेले प्रष्ट नबोलेर एमालेले जबरालाई बचाउन खोजेको आरोप लगाए ।

    सांसद गजुरेलले भने , ‘जनताले बुझिसके, चोलेन्द्रलाई छिटो भन्दा छिटो बिदा गरौं भनिरहेका छन् । यहाँ सदनमा दलगत रुपमा विभाजित हुने, यस्तो कुरामा पनि जिब्रो चपाउने । ‘प्रतिपक्ष आज जिब्रो चपाएर बोलिरहेको छ । प्रतिपक्ष चोलेन्द्रलाई जोगाउन चाहिरहेको छ ।

    सिधै बोल्दा जनताले बुझ्लान भनेर जिब्रो चपाएर बोलिरहेको छ,’ उनले भने । त्यस्तै, अर्का सांसद अञ्जना विशंखेले महाअभियोग प्रस्तावमाथिको छलफल अगाडि बढाउनमा ढिलाइ भएको स्वीकार गरे ।

    ढिला हुनुको कारण खोतल्न आवश्यक नरहेको, ढिला हुनुको कारणबारे सबै जानकार रहेको भन्दै उनले ढिलो भए पनि राम्रो हुनुको स्वागत गरिनुपर्नेमा जोड दिइन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology