Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इजरायली हवाई हमलामा वरिष्ठ कमाण्डरको मृत्यु

इजरायली हवाई हमलामा वरिष्ठ कमाण्डरको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७९ आइतवार • १६:५८:१६ बजे
  • 1.2K
    SHARES
  • इजरायली हवाई हमलामा वरिष्ठ कमाण्डरको मृत्यु

    एजेन्सी । दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ ।

    images

    नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौंसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको बताइएको छ । सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका छन् । गाजामा चर्किएको हिंसामा परेर २४ जना प्यालेस्टाइनी मारिएका समाचारमा जनाइएको छ । यसरी मारिनेमा छ जना बालबालिका र दुई जना महिला पनि परेका छन् ।

    प्यालेस्टिनी सो अतिवादी सङ्गठनका विरुद्धमा इजरायलपक्षबाट बमबारी भएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा ती प्यालेस्टाइनहरुको ज्यान गएको बताइएको छ ।

    यस पछिल्लो कारबाहीका क्रममा अरु दुई सयजना भन्दाबढी घाइते भएका छन् । यसअघि सन् २०२१ को मेमा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ युद्धविराम सम्झौता गरेर युद्ध रोक्ने पहल भएको थियो । त्यसपछि रोकिएको युद्ध पछिल्ला केही दिनमा पुनःसुरु भएको छ ।

    इजरायलका सैनिक प्रवक्ता अबिचा आदरीले इजरायली सेनाले उक्त अतिवादी समूहलाई लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले दक्षिणी गाजा स्ट्रिपमा रहेको एक घरमा हमला गरेका थिए । उक्त हमलामा परेर केही प्यालेस्टाइनी मारिएका छन् र ३० जना घाइते भएका थिए । शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका सदस्यलाई पक्राउ गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology