Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नागरिकतामा कुत्ता , फ्याउरो , कुकुर्नी नाम कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन :सांसद भुवनबहादुर सुनार

नागरिकतामा कुत्ता , फ्याउरो , कुकुर्नी नाम कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन :सांसद भुवनबहादुर सुनार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • १६:५४:३७ बजे
  • 931
    SHARES
  • नागरिकतामा कुत्ता , फ्याउरो , कुकुर्नी नाम कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन :सांसद भुवनबहादुर सुनार

    नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेका छन् ।

    images

    सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखेको पाइएकाले त्यस्ता नाम सच्याउन गृहमन्त्रालयलाई आग्रह गरे ।

    दलित समुदायलाई नागरिकता दिने बेलामा कर्मचारीले कुत्ता कामी, फ्याउरो वादी, कुकुर्नी कामी नाम लेखिदिएको उदाहरण दिँदै उनले प्रश्न गरे, ‘दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ?

    त्यस्तो कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ?’ दलित समुदायका व्यक्तिलाई अपमान गर्नकै लागि त्यतिबेलाका सरकारी कर्मचारीले उनीहरुको नाम त्यस्तो राखिदिएको उनको दाबी छ । ‘नागरिकता लिन जाँदा ति हाकिमहरुले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् ।

    त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ?’ उनले प्रश्न गरे । सांसद सुनारले यस्तो त्रुटीहरुको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरे ।

    ‘खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ । राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ । आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन ।

    दलितका संघ, संगठन र दलित अभियन्ताहरु अभियानको रुपमा ति बस्तीमा पुग्नुपर्छ । त्यस्ता अपराधीहरुलाई खोजीखोजी कारबाही गर्नुपर्छ । राज्य यो विषयमा गम्भिर हुन आवश्यक छ ।’ अनलाइनखबर

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology