Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नागरिकतामा अपमानजनक नाम सच्चाउन गृह मन्त्रालयको निर्देशन

नागरिकतामा अपमानजनक नाम सच्चाउन गृह मन्त्रालयको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • १८:४०:३२ बजे
  • 1.0K
    SHARES
  • नागरिकतामा अपमानजनक नाम सच्चाउन गृह मन्त्रालयको निर्देशन

    गृह मन्त्रालयले 'अपमानजनक' शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

    images

    अपमानजनक नामहरु राखी नागरिकता जारी भएकोबारे संचार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

    गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै दुई बुँदे निर्देशनबारे जानकारी दिएका हुन् ।

    'अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने' विज्ञप्तिमा छ,'त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।'

    55.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology