Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधवले प्रधानमन्त्री हुँदा रौतहटका लागि सिन्को भाँचेनन् : ओली

माधवले प्रधानमन्त्री हुँदा रौतहटका लागि सिन्को भाँचेनन् : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • १८:४९:५५ बजे
  • 676
    SHARES
  • माधवले प्रधानमन्त्री हुँदा रौतहटका लागि सिन्को भाँचेनन् : ओली

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् ।

    images

    रौतहटमा भएको एक कार्यक्रमलाई संवोधन गर्दै उनले रौतहटबाटै चुनाव जितेका नेपालले जिल्लाको लागि सिन्को पनि नभाँचेको भन्दै भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०-२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन् ।’

    अध्यक्ष ओलीले प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको बताए ।

    उनले आफू प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेको दावी गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology