Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सत्ता गठबन्धनको कार्यदल संयोजकमा कृष्ण सिटौला

सत्ता गठबन्धनको कार्यदल संयोजकमा कृष्ण सिटौला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • १८:५१:१३ बजे
  • 706
    SHARES
  • सत्ता गठबन्धनको कार्यदल संयोजकमा कृष्ण सिटौला

    सत्तारुढ गठबन्धनका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

    images

    सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको एक नेताले जानकारी दिए । कार्यदलमा काँग्रेसबाट सिटौला, ज्ञानेन्द्रबहादुर कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् ।

    माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

    गठबन्धनको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # संयोजकमा कृष्ण सिटौला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology