Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्ड र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

प्रचण्ड र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७९ मंगलवार • १६:५४:५५ बजे
  • 577
    SHARES
  • प्रचण्ड र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

    जापान भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच आज भेटवार्ता भएको छ ।

    images

    भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहेका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।

    उक्त भेटवार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

    भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्रदानदेखि स्थानीय सहर र नगरबीचको भगिनी सम्बन्धको विकास गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

    यस्तै, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्न अध्यक्ष दाहालले आग्रह गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology