तृबिशा निरौला
शिरमा ढाका टोपी ढल्काउँदै
आँखामा बेग्लै प्रकाश चम्काउँदै
ओठमा मन्ध मन्ध मुस्कान झल्काउँदै !
तक्षशिलाभित्र
Reception Table भन्दा अलि पर
कसैलाई केही जताउन खोजेझैँ
आफ्ना मनभित्र लुकेर बसेका ती अनेकौं तिर्सनाहरुलाई शब्द मार्फत
कसैलाई बताउन खोजेँझैं
एउटा कुर्सीमा ,
उपर खुट्टी लगाएर ,
हात कसिलो बाँधेर ,
नजाने कति ... बेरदेखि
एकै ठाउँमा बसिरहँदा
त्यो ढाड कति दुख्यो होला
तरपनि दुखाइलाई नजरअन्दाज गर्दै !
जो कल्पनाको त्यो गहिरो सागरमा निरन्तर डुबिरहनु भएको छ ,
हो , उहाँ नै हो मेरो जयन्त सर !
गलामा सयपत्री फूलको माला , देब्रे छातीमा ब्याच
शरीरमा चट्ट फिटिंग सर्ट संगै देब्रे नाडीमा वाच !
कालो रंगको पाइन्ट जुत्ता आहा कस्तो मिलेको
डा . साब को सिङ्गो रूप हेर
आहा कस्तो खिलेको !
दैनिक कलेज आइरहेकी छ कि छैन
न आउँदा .... किन आइन आज त्यो
जसलाई लागिरहन्थ्यो सदैव केवल मेरै चिन्ता
पढाइ कस्तो चल्दै छ ,
गुरुहरुले पढाउनु भएको बुझिरहेकी छ कि छैन ,
कक्षामा साथीहरुले कस्तो व्यवहार गर्छन् होला ,
खाजा खाई कि खाइन कुन्नि ,
भोकै पो छ कि ,
जसलाई भइरहन्थ्यो सदैव केवल मेरै पीर
हो , उहाँ नै हो मेरो जयन्त सर !
लड्न आँट्दा साहरा बन्दै जसले हात दिनुभो
गुरु भएर पनि ,
घरी अभिभावक त घरी साथीको भूमिका निर्वाह गर्दै
हरेक परिस्थितिमा जसले मेरो साथ दिनुभो
हो , उहाँ नै हो मेरो जयन्त सर !