Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छ : देव गुरुङ

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छ : देव गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • २१:१०:२३ बजे
  • 622
    SHARES
  • नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छ : देव गुरुङ

    नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images

    उनले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताए । नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे । उनले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनैदिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए ।

    उनले नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताए । उनले भने, ‘विश्व साम्रज्यवादले जुन प्रकारको युद्ध आतंक मच्चाउन खोजिरहेको छ, साउथ एशिया र इण्डो प्यासिफिक क्षेत्रमा युद्ध आतंक मच्चाउन खोजिरहेको छ ।

    पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको छ । पूर्वमा इण्डोप्यासिफिक अघि सारेर युद्ध मच्चाउन खोजिरहेको छ ।’ उनले फेरि भने, ‘युद्धको स्थितिले गर्दा तत्काल नेपालको स्थिति के हो भन्ने प्रश्न उठेको छ । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ । हामीसामु युद्ध आतंकको खतरा छ ।

    युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ । देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ ।’ उनले नेपालको इतिहासमा सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको बताए ।

    उनले नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको बताउनु भयो । यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको बताए । उनले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने बताए ।

    पासवर्ड र भिसाको व्यवस्था गरेर मात्रै यो समस्या समाधान हुने भन्दै खुला सीमा भएकै कारण कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागमा अतिक्रमण बढिरहेको उनको भनाइ छ । उनले खुला सीमाना नियतवश राखिएको भन्दै यसलाई राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न नसकेको बताए । उनले भने, ‘नेपालको इतिहासमा सुगौली सन्धीदेखि नेपालको राष्ट्रिय स्वाधिनता एकप्रकारले कुण्ठित हुँदै आइरहेको छ । सीमाना खुम्चिएको अवस्था छ । तर खुम्चिएको सीमाना पनि व्यवस्थित हुन सकेको छैन । नियन्त्रित हुन सकेको छैन । खुला सीमानाको अवस्था छ ।

    संसारका प्रायः सबै मुलुकको सीमाना बन्द छ, सीमाना नियन्त्रित छ । भिसा, पासवर्डको व्यवस्था छ । तर विडम्वना हाम्रो र भारतबीच अझैसम्म खुला सीमाना छ । खुला अवस्थाका कारण नै हामीमाथि जनसांख्यिक अतिक्रमणको समस्या परेको छ, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको बढीरहेको समस्या परेको छ ।’ उनले थपे, ‘राजश्व छलीकको समस्या छ । जसले मुलुकको अर्थतन्त्रमाथि नै गम्भीर समस्या परेको छ ।

    यस्ता समस्याले नेपालको राष्ट्रिय स्वाधिनता र अस्मितामाथि समस्या पैदा भएको छ । यो स्थितिमा सीमा नियन्त्रित गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ, पासवर्ड र भिसाको व्यवस्था गर्नुपर्छ । पछिल्लो समय सीमा अतिक्रमण झनै बढ्दै गइरहेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागमा अतिक्रमण हुनुका साथै थुप्रै स्थानमा सीमा अतिक्रमण भइरहेको छ ।

    राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न सकिएन । नियतवश खुला सीमाना राखेकाले अतिक्रमणको प्रक्रिया रहिरहेको छ । यसकै कारण नेपाल अर्ध उपनिवेशको रुपमा आइरहेको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology