Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास पूरा : चीन

ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास पूरा : चीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७९ बिहिवार • ०९:५०:१६ बजे
  • 700
    SHARES
  • ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास पूरा : चीन

    चीनले ताइवानको सीमा क्षेत्रमा एक हप्तादेखि जारी सैन्य अभ्यास पूरा भएको जनाएको छ।

    images

    अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आक्रोशित बनेको चीनले सीमा क्षेत्रमा आफ्ना शक्तिशाली सैन्य सामग्रीको प्रदर्शन र अभ्यास गरेको थियो।

    चिनियाँ सैनिकले हवाई तथा सामुद्रिक कारबाही सफल भएको भन्दै सैन्य गस्ती अझै जारी रहने बताएको छ। चीनले ताइवानलाई आफ्नै भूमिका रुपमा व्याख्या गर्दै आएको छ।

    साथै आवश्यक परे बलपूर्वक चीनमा मिलाउन पछि नपर्ने चेतावनी दिँदै आएको छ। गत हप्ता अमेरिकी सभामुख पेलोसीले ताइवानको सम्प्रभूतामा अमेरिका साथमा रहेको बताउँदै ताइवान पुगेपछि चीनले ताइवानलाई घेरा हालेर जल, स्थल र हवाई सैन्य अभ्यास गरेको थियो।

    चीनको यो अभ्यासलाई ताइवानले आक्रमणको तयारीका रुपमा बुझेको थियो। ताइवानले आफूलाई चीनको भूभागका रुपमा स्वीकार गर्ने गरेको छैन्। उसले आफू छुट्टै सार्वभौम सम्पन्न देश रहेको दाबी गर्दै आएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology