Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जापानमा भयावह बन्दै कोरोना, एकैदिन २ लाख ५० हजार संक्रमित

जापानमा भयावह बन्दै कोरोना, एकैदिन २ लाख ५० हजार संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७९ बिहिवार • १४:५६:२४ बजे
  • 7.1K
    SHARES
  • जापानमा भयावह बन्दै कोरोना, एकैदिन २ लाख ५० हजार संक्रमित

    जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएको देखिएको छ ।

    images

    यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार जापानमा एकै दिनमा दुई लाख ५० हजार ४ सय ३० जनामा कोरोना सङ्क्रमण देखिएको हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै संक्रमित पाइएका हुन् ।

    यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै संक्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो ।

    यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप द्रुत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा द्रुत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् ।

    यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।

    जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # २ लाख ५० हजार संक्रमित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology