Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एकीकृत अध्यक्ष नेपाललाई कोरोना संक्रमण

एकीकृत अध्यक्ष नेपाललाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७९ बिहिवार • १७:०२:५९ बजे
  • 544
    SHARES
  • एकीकृत अध्यक्ष नेपाललाई कोरोना संक्रमण

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

    images

    उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ ।

    अध्यक्ष नेपाल बिहीबार विहान पार्टीको स्कुल विभागले पार्टी कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।

    असहज महसुस गरेपछि उनले पिसिआर परीक्षण गराएकोमा कोरोना पोजेटिभ देखिएको हो ।

    पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखियो 

     अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको गुनासो गरेका छन् ।


    बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रबृति आफ्नो पार्टीका साथै नेपालका कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताएका हुन् ।

    ‘म’बाट सुरु गर्ने प्रवृति व्याप्त गरेको र ‘म’ले पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृतिलाई अन्त्य गरेरै छाड्नुपर्ने उनको भनाइ छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने उनको धारणा रहेको छ ।

     

    अध्यक्ष नेपालले जनताका समस्याहरुलाई बुझ्ने गरि पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन दिए । कार्यक्रममा पार्टीको प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology