Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनकपुर भन्सारको राजस्व लक्ष्यकाे आधा मात्रै

जनकपुर भन्सारको राजस्व लक्ष्यकाे आधा मात्रै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७९ शुक्रवार • ०९:५७:१९ बजे
  • 697
    SHARES
  • जनकपुर भन्सारको राजस्व लक्ष्यकाे आधा मात्रै

    जनकपुर भन्सार कार्यालयले २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ ।

    images

    ४८ करोड ५५ लाखको लक्ष्य लिएकामा २६ करोड ३६ लाख मात्रै राजश्व संकलन गरेको छ । भन्सार प्रमुख प्रमोद दासका अनुसार भन्सार महसुलतर्फ १६ करोड १७ लाख, मूल्य अभिवृद्धि करतर्फ ९ करोड ७४ लाख राजस्व संकलन भएकाे छ ।

    २०७७/७८ मा लक्ष्यको ८८.३३ प्रतिशत राजस्व संकलन भएको थियो ।

    थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, स्थानीय निर्वाचनलगायत कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए । जिल्लामा मुख्य भन्सार कार्यालय १ र ६ वटा छोटी भन्सार कार्यालय छन् ।

    जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय हाल बन्द रहेको कार्यालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology