Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फोहोरको डंगुर व्यवस्थापनमा चुके बालेन

फोहोरको डंगुर व्यवस्थापनमा चुके बालेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७९ शुक्रवार • १०:०९:२१ बजे
  • 535
    SHARES
  • फोहोरको डंगुर व्यवस्थापनमा चुके बालेन

    काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् ।

    images

    उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् । लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ चिन्ता व्यक्त गरिरहेका छन् ।

    प्रमुख साह भने ‘लामो समय फोहोर नउठ्दा’समेत व्यवस्थापनमा सक्रिय नदेखिएको पाइएको छ । महानगर प्रमुख निर्वाचित भएलगत्तै सक्रिय देखिएका साहमाथि पछिल्लो समय भने ‘सम्झौताक्रममा गरेका प्रतिबद्धता पूरा गर्ने र समस्या समाधानमा निष्क्रिय देखाएको’ आरोप लागेको छ ।

    नगरकार्यपालिकाको बिहीबार बसेको बैठकमा वडाध्यक्षले प्रमुख साहको ‘एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापनसम्बन्धी काम’ जानकारी नदिएको’ भन्दै चर्को आलोचना गरेका छन् ।

    वडा १० अध्यक्ष रामकुमार केसीले ‘प्रमुखले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको’ भन्दै ‘टिमवर्कमा काम गर्न’ आग्रह गरेका छन् । ‘प्रमुख असफल भए सिंगो महानगर जनप्रतिनिधि असफल हुने’ उनको भनाइ छ ।

    याे खबर राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # फोहोरको डंगुर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology