Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकार–निजी क्षेत्रबीच सहकार्यको सम्झौता

सरकार–निजी क्षेत्रबीच सहकार्यको सम्झौता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७९ शुक्रवार • १०:१०:३५ बजे
  • 499
    SHARES
  • सरकार–निजी क्षेत्रबीच सहकार्यको सम्झौता

    आर्थिक रुपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच पहिलो पटक सहकार्य गर्ने समझदारीपत्रमा सम्झौता भएको छ । उद्योग मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच बिहीबार उक्त सो सम्झौता भएको हो ।

    images

    मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडी र महासंघका अध्यक्ष शेखर गोल्छाले सो समझदारीपत्रमा हस्ताक्षर गरे । कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिएको बताए ।

    यसबाट बढ्दो आयात न्यूनीकरण गर्ने, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सकिने मन्त्री बडूको भनाइ छ ।

    औद्योगिक क्षेत्रको विकासका लागि भूमिको हदबन्दीलाई पुनरवलोकन गर्ने प्रक्रियामा रहेको र ५० वर्षका लागि दीर्घकालीन ऋणको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

    महासंघका अध्यक्ष गोल्छाले आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रसँग मिलेर साझेदारी अभियान सञ्चालन गर्न लागिएको बताए ।

    सन् २०३० सम्म अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को योगदान सय अर्ब डलर पु¥याउने र २२ लाख जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको गोल्छाको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # सरकार–निजी क्षेत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology