Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यूरोपमा खडेरी, नदीहरू सुक्दा माछासहित कृषि उत्पादन प्रभावित

यूरोपमा खडेरी, नदीहरू सुक्दा माछासहित कृषि उत्पादन प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७९ शुक्रवार • २२:२४:४६ बजे
  • 691
    SHARES
  • यूरोपमा खडेरी, नदीहरू सुक्दा माछासहित कृषि उत्पादन प्रभावित

    एजेन्सी । कुनै समय बाह्रै महिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रूखहरूको पङ्तीको बीचमा बतास चल्ने फराकिलो खाडल छ र यहाँ सुख्खा बालुवा, धूलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ ।

    images

    लामो खडेरीले यूरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुख्खा र फुटेका जलाशयहरूदेखि डेन्यूब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा पानीको स्तर घट्दै गएको छ । यसले कृषि अर्थतन्त्रलाई क्षति पु¥याइरहेको छ, पानीमा अभाव भएको छ, डढेलो लागेको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ ।

    पश्चिमी, मध्य र दक्षिणी यूरोपमा करिब दुई महिनादेखि उल्लेखनीय वर्षा भएको छैन । खडेरी अझै जारी रहने अनुमान गरिएको छ र यो ५०० वर्षमा सबैभन्दा खराब खडेरी हुन सक्ने विशेषज्ञहरूले उल्लेख गरेका छन् ।

    जलवायु परिवर्तनले परिस्थितिलाई थप जटिल बनाइरहेको छ । तातो तापक्रमले वाष्पीकरणलाई गति दिने, तिर्खाएका बोटबिरुवाले बढी आर्द्रता लिने र हिउँदमा कम हिमपातले गर्मीयाममा सिँचाइका लागि उपलब्ध ताजा पानीको आपूर्तिलाई सीमित गर्ने अवस्था आएको छ ।

    पूर्वी अफ्रिका, पश्चिमी अमेरिका र उत्तरी मेक्सिकोमा पनि खडेरीको अवस्था देखिएको छ । लक्सको १५ मिटर चौडा (५० फिट चौडा) नदीको किनारमा हिँड्दै गर्दा स्थानीय ‘फेडेरेसन फर फिसिङ एन्ड प्रोटेक्सन अफ द एक्वाटिक इन्भाइरोमेन्ट’का प्रमुख टेक्निसियन जाँ फिलीप कौसनले टिलेमा मरेका माछाका प्रजातिहरूको लामो सूची सार्वजनिक गर्दै भने, ‘यो हृदयविदारक छ ।

    औसतमा, प्रति सेकेन्ड लगभग आठ हजार लिटरका दरले बग्ने नदीमा र अहिले पानी खोज्नुपर्ने अवस्था आएको छ ।’ केही क्षेत्रहरूमा खाडलहरूमा जमेको पानीको घोलमा फिस ल्याडरको सहायतामा ताजा पानीमा पाइने ट्राउट र अन्य प्रजातिका माछा आश्रय लिन बाध्य बनेका देखिन्छन् । तर यस्तो प्रणाली सबै ठाउँमा उपलब्ध छैन ।

    कौसनले भने, ‘पानी परेन भने पक्कै पनि नदी ‘खाली हुँदै (सुक्दै)जानेछ र सबै माछाहरू मर्नेछन् । उनीहरू नदीको माथिल्लो र तल्लो भागतिर फसेका छन्, त्यहाँ अहिले पानी बगेर आउँदैन, त्यसैले अक्सिजनको स्तर घट्दै जानेछ किनकि (पानी) को मात्रा घट्नेछ । यी प्रजातिहरू बिस्तारै लोप हुँदै जानेछन् ।’

    महासंघका क्षेत्रीय प्रमुख ज्याँ पियरे सोनभिकोले खडेरी लम्बिँदै जाँदा अन्य जलमार्गहरू पनि प्रभावित हुने सम्भावना भएकोले माछालाई अन्य नदीमा डाइभर्ट गर्दा कुनै फाइदा नहुने बताउछन् ।

    थोरै पानीमा जलचरको अत्यधिक भीडभाड हुने र अक्सिजनको कमी भई धेरै माछाको मृत्यु हुनेछ । उनले भने, ‘हो, यो नाटकीय अवस्था छ तर हामी के गर्न सक्छौं ? केही सक्दैनौ ।

    हामी पर्खिरहेका छौं, वर्षाको साथ आँधीबेहरीको आशा गरिरहेका छौं, तर आँधीबेहरी धेरै स्थानीय हो त्यसैले हामी यसमा भरोसा गर्न सक्दैनौं ।’

  • सम्बन्धित विषय:

  • # यूरोपमा खडेरी,
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology