Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७९ शनिवार • १२:२३:५५ बजे
  • 970
    SHARES
  • सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

    कांग्रेस महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बिमा दिए त्यो बिमा नै नरहने जिकिर गरे ।

    images

    थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । सरकारले स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

    प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बिमा थेग्न नसकिने उनको भनाइ छ । ‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदि घटाउन सकेनौँ भने अवस्था गाह्रो छ । हामी बिमा बिमा भनिरहेका छौँ ।

    सबैलाई बिमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पुर्‍याउँछ कसरी ? हामीसँग पैसा कति छ ? हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौँ भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामीले थेग्नै सक्दैनौँ,’उनले भने ।

    स्वास्थ्य बिमा निजी कम्पनीलाई दिनै नहुने उल्लेख गर्दै उनले भने, ‘हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस हो । त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन । प्राइभेटलाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन ।

    इन्स्योरेन्स नै होइन । हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो । त्यसैले हामीले प्रिमियमबाट नै उठाउने पैसा र खर्च गर्ने पैसाको बीचमा ठूलो ग्याप रहन्छ ।

    त्यसैले अब सरकारले यस विषयमा सोचेन भने कि, पैसा मैले मेरो खल्तीबाट हाल्नुपर्ने हो भनेर सोचेन भने स्वास्थ्य सुरक्षाको अवस्था गाह्रो छ ।’ महामन्त्री थापाले सरकारले खर्च गर्नसक्ने अनुसारको स्वास्थ्य प्रणालीको बारेमा सोच्न आवश्यक रहेको बताए ।

     

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology