Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेस ८० सिटसम्ममा मान्न सक्छ:प्रचण्ड

कांग्रेस ८० सिटसम्ममा मान्न सक्छ:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७९ शनिवार • १६:४३:२९ बजे
  • 910
    SHARES
  • कांग्रेस ८० सिटसम्ममा मान्न सक्छ:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका छन् ।

    images

    शनिबार पार्टीको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।

    पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो । स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए ।

    कार्यदलका सदस्यहरूको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका थिए । शनिबारको बैठकमा भएको छलफलअनुसार कार्यदलका सदस्यहरूलाई गठबन्धनको कार्यदलको बैठकमा कुरा राख्न अध्यक्ष प्रचण्डले आग्रह गरेको पोखरेलले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology