Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वमा कोरोना भन्दा झनै खतरनाक अर्को रोग देखा पर्यो

विश्वमा कोरोना भन्दा झनै खतरनाक अर्को रोग देखा पर्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७७ बिहिवार • ११:५७:२४ बजे
  • 2.0K
    SHARES
  • विश्वमा कोरोना  भन्दा झनै खतरनाक अर्को रोग देखा पर्यो

    एजेन्सी । सिंगो विश्व कोरोना भाइरसको महामारीसंग जुधिरहेका बेला थप अर्को नराम्रो खबर आएको छ । मंगोलियामा एक ३८ बर्षीय युवकको मृत्यु भएको छ । मृत्युको कारण एक खतरनाक ब्याक्टेरिया रहेको खुलासा भएको छ । यो ब्याक्टेरिया त्यस क्षेत्रमा पाइने न्याउरी मुसाका कारण फैलिएको हो । मंगोलियामा यो समस्याका कारण जुलाईदेखि अहिलेसम्म ३ जनाले ज्यान गुमाइसकेका छन ।

    images
     

    यो रोगले पहिला पनि विश्वका लाखौंको ज्यान लिइसकेको छ । यो ज्यानमारा रोगले तीन पटकसम्म हमला गरिसकेको छ । यो रोगले पहिलो पटक ५ करोड, दोस्रो पटक युरोपको एक तिहाई जनसंख्या र तेस्रो पटक ८० हजार मानिसको ज्यान लिएको थियो । यो रोग पुनः एक पटक चीन, मंगोलिया र आसपासका देशहरुमा सुरुवात भएको छ । केही महिना पहिला अमेरिकामा पनि एउटा केस देखिएको थियो ।

     

    यो रोगको नाम ब्युबोनिक प्लेग हो । यो रोगका कारण मंगोलियाको खोव्सगोल प्रान्तका ३८ बर्षीय युवामा उच्च ज्वरोको समस्या देखिएको थियो । उनलाई अस्पताल भर्ना गरी रेस्पिरेटरमा राखिएको थियो । ती युवामा सास फेर्न गारो हुने र मुटुका भल्भहरुमा समस्या देखिएको थियो । अन्ततः ती युवाको उपचारका क्रममा यही समस्याका कारण मृत्यु भयो ।

     

    यसलगत्तै मृतकको संपर्कमा आएका अन्य २५ जनाको परीक्षण गरिएको थियो । तर उनीहरुमा कुनै संक्रमण देखिएन । मंगोलियामा यसअघि पनि ब्युबोनिक प्लेगबाट थप २ जनाको मृत्यु भैसकेको छ । पहिलो पटक जुलाईमा गोवि–अल्ताई प्रान्तमा १५ बर्षीय बालकको मृत्यु भएको थियो भने दोस्रो पटक अगस्त महिनामा खोद प्रान्तका ४२ बर्षीय पुरुषको मृत्यु भएको थियो ।

     

    मंगोलियाको नेशनल सेन्टर फर कम्युनिकेवल डिजिसेस्का अनुसार त्यहाँका २१ मध्ये १७ प्रान्तमा ब्युबोनिक प्लेग रोगको जोखिम रहेको छ । यस बर्ष ब्युबोनिक प्लेगका १८ वटा शंकास्पद केस दर्ता भएकोमा ३ को मृत्यु भएको हो । त्यस्तै चीनमा ब्युबोनिक प्लेगबाट २ जनाको मृत्यु भैसकेको छ । मंगोलिया र चीनमा फैलिएको ब्युबोनिक रोगको खतरा महशुस गर्दै रुसले सीमा क्षेत्रका हजारौं बासिन्दाहरुलाई खोप लगाएको छ ।

    खोप लगाइएको क्षेत्र सर्बियाको तुवा र अल्ताई प्रान्तमा पर्छ । त्यहाँ ६० बर्षमा पहिलो पटक अल्ताई पहाडस्थित युकोक प्लेट्युमा ब्युबोनिक प्लेगको एउटा केस देखिएको थियो । ब्युबोनिक प्लेग रोग जंगली मुसा र न्याउरी मुसामा पाइने ब्याक्टेरियाबाट उत्पन्न हुन्छ । यो ब्याक्टेरियाको नाम ‘यर्सिनिया पेस्टिस ब्याक्टेरियम’ हो । यो ब्याक्टेरियाले मानव शरीरको लसिका ग्रन्थी, रगत र फोक्सोमा आक्रमण गर्छ ।

     

    यो रोग लाग्दा औंलाहरु कालो हुँदै कुहिन थाल्छन । यो रोग लाग्दा शरीरमा असैह्य पिडा हुन्छ । उच्च ज्वरो आउँछ । नाडी छिटो छिटो चल्छ । दुई तीन दिनपछि फोकाहरु आउन थाल्छन । १४ दिनपछि ति फोकाहरु पाक्छन । यसबाट असैह्य दुखाई हुन्छ । विश्वभरमा ब्युबोनिक प्लेगको सन २०१० देखि १५ सम्ममा ३,२४८ वटा केश देखा परेका थिए । जसमध्ये ५८४ जनाको मृत्यु भएको थियो ।

    ब्युबोनिक प्लेगलाई छैठौं र आठौं शताब्दीमा प्लेग अफ जस्टिनियन भन्ने नाम दिइएको थियो । त्यस बेला विश्वभरमा ५ करोड मानिसको ज्यान लिएको थियो । विश्वमा दोस्रो पटक ब्युबोनिक प्लेगको महामारी सन १३४७ मा फैलिएको थियो । त्यसबेला यो महामारीलाई ब्ल्याक डेथ भन्ने नाम दिइएको मिरर डट सिओ डट युकेले जनाएको छ ।

    त्यसबेला युरोपका एक तिहाई जनसंख्याले ज्यान गुमाएका थिए । ब्युबोनिक प्लोगको तेस्रो महामारी सन १८९४ मा फैलिएको थियो । त्यसबेला ८० हजार मानिसको ज्यान गएको थियो । यसको अधिक असर हङकङ र आसपासका क्षेत्रमा देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology