Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता,चुनावी तालमेल गर्ने तयारी

एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता,चुनावी तालमेल गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७९ शनिवार • १६:४६:२७ बजे
  • 910
    SHARES
  • एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता,चुनावी तालमेल गर्ने तयारी

    एमाले अध्यक्ष केपी शर्माओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

    images

    अध्यक्षद्वयबीच शुक्रबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटवार्तामा एमाले र राप्रपाकाबीच चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ ।

    ‘भेटवार्तामा चुनावी तालमेल र सहकार्यका विषयमा सामान्य छलफल भएको र त्यसका लागि संवाद सुरु भएको छ’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले सबैसँग संवादको ढोका खुल्ला राखेको उनले बताए । यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने उनले बताए ।

    अध्यक्षद्वय ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि पहिलोपटक भेटवार्ता भएको हो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन ओली निवास बालकोट पुगेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology