Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सोनिया गान्धी फेरि कोरोना सङ्क्रमित

सोनिया गान्धी फेरि कोरोना सङ्क्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७९ शनिवार • १७:१९:१८ बजे
  • 820
    SHARES
  • सोनिया गान्धी फेरि कोरोना सङ्क्रमित

    एजेन्सी । भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएका छन् ।

    images

    उनी कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित भएका हुन् । उनी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । उनीमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् ।

    उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ । नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बसेको भएको कांग्रेस नेता जयराम रमेशले जानकारी दिए ।

    उनलाई परिवार भित्रैबाट सङ्क्रमण सरेको अनुमान गरिएको छ । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

    सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी भएका छन् ।

    उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन् । भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology