Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले एक्लैले ३९ सिट जित्छ : विशाल भट्टराई

एमाले एक्लैले ३९ सिट जित्छ : विशाल भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७९ शनिवार • १९:१७:०५ बजे
  • 805
    SHARES
  • एमाले एक्लैले ३९ सिट जित्छ : विशाल भट्टराई

    नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आगामी चुनावमा सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने बताएका छन् ।

    images

    बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने बताएका हुन् । ‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं’, भट्टराईले भने ।

    बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उनले बताए । उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा ती ७० क्षेत्रमा पनि एमालेले जित्ने भट्टराईले बताए ।

    एमालेले ५ सिट जित्छ भन्नेहरुले स्थानीय चुनावको नतिजा बिर्सेको भट्टराईले बताए । ‘सबै दल एकातिर लाग्दा पनि ३८ लाख मत पाएको छ, २०६ स्थानीय तह जितेको छ’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # विशाल भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology